+
+
Shares

विप्लव समूहका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १६:१८

१ पुस, काठमाडौ) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् ।

उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ ।

यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । उनी प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?