+
+
Shares

विद्या भट्टराई अब माननीय

चन्द्र आले चन्द्र आले
२०७६ पुष १ गते १५:४३

१ पुस, काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा मंगलबार आयोजित समारोहमा भट्टराईलाई सपथ गराएकी हुन् । सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफू तीन वर्षका लागि निर्वाचित भएको भन्दै नीति निर्माण र विकास निर्माणका अपूरा काम पूरा गर्ने प्रतिवद्धता जनाइन् ।

सपथग्रहण समारोहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायतका नेता तथा सांसदहरु  उपस्थित थिए ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

कास्की २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपचुनावमा नेकपाले उनकै पत्नी भट्टराईलाई उम्मेदवार बनाएको थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् ।

भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?