Comments Add Comment

नेकपा स्थायी कमिटी बैठकमा ओली नजाने 

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबारदेखि बसिरहेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि आफ्नो धारणा राखिरहेका छन् । सोमबार र मंगलबार विहान विहान ११ बजेदेखि करिव ४ बजेसम्म बसिरहेको बैठकमा बस्यो र नेताहरुले आआफ्नो धारणा राखे ।

तर बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अनुपस्थित छन् ।

आइतबार स्थायी कमिटी बैठक अघि बालुवाटारमा बसेको सचिवालय बैठकमा उनी केहीबेर सहभागी भएका थिए । स्थायी कमिटी बैठकमा भने सहभागी भएनन् ।

स्रोतका अनुसार यो स्थायी कमिटी मात्र होइन, अब बस्ने केन्द्रीय कमिटी बैठकमा पनि उनी सहभागी हुने सम्भावना कम छ । ‘यो बैठकभर नै उहाँ आउनुहुन्न होला’ नेकपाका एक नेता भन्छन्, ‘स्वास्थ्यका कारण उहाँ बैठकमा आउन हुन्न ।’

तर उनी बैठकमा भएको छलफलबारे जानकार छन् । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आफैं स्थायी कमिटी सदस्य हुन् भने अर्का अध्यक्ष प्रचण्डले पनि स्थायी कमिटीमा भएको छलफलबारे ब्रिफिङ गर्ने गरेका छन् ।

नेकपाको बैठक भोलि पनि बस्नेछ । सम्भवत पर्सि नेताहरुले बोल्ने क्रम सकिनेछ । त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ लिनेछन् र, स्थायी कमिटी बैठक सकिनेछ ।

यो पनि पढ्नुहोस घनश्याम भुसालको आग्रह : नेतृत्वका कमरेडहरु, धर्ती टेकौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment