+
+
Shares

आफूहरुको जानकारीविना भुक्तानी दिएकामा स्थानीय तहका उपपप्रमुखको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १२:३६

१ पुस, वीरगञ्ज । स्थानीय तहमा आफूहरुको जानकारीबिनै योजनाहरुको भुक्तानी हुने गरेको भन्दै पर्साका स्थानीय तहका उपप्रमुखहरुको संस्था डेपुटी मेयर क्लबले विरोध जनाएको छ ।

उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति भए पनि तिनको अनुगमन र जानकारीबिनै योजनाको भुक्तानी भएको भन्दै अब त्यसो भए कारबाहीका लागि पहल गर्ने डेपुटी मेयर क्लबले निर्णय गरेको छ ।

उपप्रमुखहरुले आफ्नो मुद्दाका विषयमा ध्यानाकर्षण गराउन मुख्यमन्त्री लालबाबु राउतलाई भेट्ने निर्णय पनि गरेको छ । त्यस्तै एसिड पीडित किशोरी मुस्कान खातुनको उपचाररार्थ आर्थिक सहयोग गर्न सबै स्थानीय तहलाई अपिल गर्ने  र हिंसा एवं जोखिममा परेका महिला र बालबालिकाका लागि जिल्ला स्तरीय सुरक्षित गृह सञ्चालनका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा वीरगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पोखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण गुप्ता, पटेर्वा सुगौलीकी उपाध्यक्ष ममता महतो, ठोरीकी उपाध्यक्ष शान्तिमाया थिङ, पकाहामैनपुरकी उपाध्यक्ष कुसुमी देवी, जगरनाथपुर गाउँपालिकाकी उपप्रमुख बिस्मिल्लाह खातुन सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?