+
+
Shares

बेलायतसँग दोहोरो करमुक्ति सम्झौता अघि बढेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १९:०६

१ पुस, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढेको बताएका छन् । मंगलबार नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटसँग अर्थ मन्त्रालयमा भेट गर्दै उनले दोहोरो करमुक्ति सम्झौता अघि बढेको जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाले बेलायती लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडकलगायतमा लगानी गर्न आग्रह समेत गरे । उनले भूकम्पपछिको पुनर्निर्माणमा बेलायत सरकारले गरेको सहयोगका लागि धन्यवाद पनि दिए ।

अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयन, राजस्व क्षेत्रमा भएका सुधारलगायतको विषयमा जानकारी गराएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई उनले अनुरोध समेत गरेका छन् । मन्त्री खतिवडाले नेपाल भ्रमण वर्ष २०२० मा धेरै बेलायती पर्यटक भ्रमणको नेपाल भ्रमणको वतावरण बनाउनसमेत राजदूतसँग आग्रह गरे ।

भेटमा राजदूत पोलिटले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकताअनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?