
१ पुस, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा छिन् ।
शनिबार बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १४ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो । लगत्तै उपचारका लागि न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।
प्रत्यक्षदर्शीका अनुसार चालक २१ वर्षीय पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेर अनियन्त्रित ढंगले कार चलाइरहेका थिए । त्यसक्रममा सडकपेटीमा रहेकी देवकोटालाई कारले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मल्लसहित कारमा सवार २० वर्षीय करिश मास्के दुई युवती लिएर शुक्रबार साँझ शिवपुरी नजिकैको डाँडागाउँ गएका थिए ।
मल्लविरुद्ध सवारी ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठले जनाएको छ ।
प्रतिक्रिया 4