+
+
Shares

तीन किलो कोकिनसहित विमानस्थलबाट बोलिभियन नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १३:५४

२ पुस, काठमाडौं । प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले  पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् ।  उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?