Comments Add Comment

‘चालबाज’मा केकीको ठाउँमा अब वर्षा

चलचित्र ‘चालबाज’मा कलाकार हेरफेरको क्रम जारी छ । केही दिन अगाडि मात्र नव–नायक अविनाश प्रधानको स्थानमा नायक पुष्प खड्का अनुवन्धित भएका थिए । यो चलचित्रको दार्जिलिङमा छायांकन भैरहेको छ । तर, कलाकार हेरफेरको क्रम पनि जारी छ ।

अब, यो चलचित्रका लागि नायिका समेत परिवर्तन भएकी छिन् । सुरुवातमा चलचित्रमा नायिका केकी अधिकारीले काम गर्ने पक्का भएको थियो । तर, केकीको हाल चलचित्र ‘झिंगे दाउ’को छायांकन चलिरहेको छ । केकीले समय दिन नसकेपछि उनलाई नायिका वर्षा सिवाकोटीले रिप्लेस गरेकी छिन् ।

नायिका सिवाकोटीका अनुसार, उनले शुक्रबारबाट चलचित्रको छायांकन सुरु गर्नेछिन् । अरुण तामाङको लगानीमा बनिरहेको यो चलचित्रलाई कैलाश गुरुङले निर्देशन गरिरहेका छन् । चलचित्रको छायांकन दार्जिलिङमा भैरहेको छ । सौरभ लामा यो चलचित्रका छायांकार हुन् ।

यसैविच, नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र ‘सुदुर’ पनि साइन गरेकी छिन् । वर्षाका अनुसार, रमेश वुढाथोकीको निर्देशनमा बन्ने यो चलचित्रको छायांकन सुदुरपश्चिमका विभिन्न रमणिय स्थानमा हुनेछ । चलचित्रको छायांकन फागुणबाट सुरु हुनेछ ।

वर्षाले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ चैत्रको २१ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment