Comments Add Comment

जापानमा कामको संस्कृति : पार्टीमा कामदार र हाकिमको सम्बन्ध

कुनै पनि कम्पनीमा रोजगारदाता र कामदारबीच कस्तो सम्बन्ध हुनु राम्रो हुन्छ ? मनोविज्ञानले स्पष्ट भन्छ कि कामदार र रोजगारदाता दुबैले एक अर्कालाई धेरै नजिकको पनि सम्झनु हुँदैन र धेरै टाढाको पनि । धेरै नजिकको सम्भिmँदा पनि काममा त्यसको असर हुन्छ । कामदारलाई धेरै जिम्मेवारी भन्दा पनि रमाइलोमा नै समय बित्ने गर्छ र धेरै टाढा हुँदा पनि यसले काममा अपनत्व हुन सक्दैन । त्यसैले सम्बन्ध जहिले पनि सन्तुलित हुनुपर्छ ।

यही संस्कार जापानमा पर्याप्त देख्न सकिन्ट । रिख्खु कितामिरा जापानमा स्नातक भइसकेपछि जापानमा भएको पहिलो मदिरा पार्टीलाई स्मरण गर्छन् । त्यो घटना २८ वर्ष अघिको हो । उनी अहिले एउटा बजार अनुसन्धान सम्बन्धी र्फममा कार्यरत छन् । उनी हरेक साँझ सामाजिक देखिनकै लागि उनीहरुसँग त्यस्तै पार्टीमा सहभागी हुने गर्छन् ।

सुरु सुरुमा त मैले नियमित धेरै पिउनुलाई अरुको दबाबको रुपमा महसुस गरेँ । जसो भएपनि मैले उनीहरुको त्यो पार्टीमा सहभागिता जनाउँदै गएँ । उनी भन्छन् आफ्ना साथीहरुसँग साँझ पार्टीमा रमाइलो गर्नु लामो समयदेखि जापानीहरुको संस्कार बन्ने गरेको छ । मदिराको लागि जमघट हुनु बलियो सम्बन्ध निर्माणको लागि सहायक सिद्ध सावित भएको जापानीहरुको बुझाई छ ।

तर केही अफिस र त्यसका हाकिमहरुलाई भने यो संस्कृतिले छुन सकेको छैन । ती कार्यालयहरुमा शक्ति उत्पीडनको चिन्ताले गर्दा अहिलेसम्म त्यस्तो संस्कारको विकास हुन नसकेको कामदारहरु बताउँछन् । अहिले जापानमा आफ्ना हाकिमहरुलाई कामको लागि मात्रै भेट्ने परम्परावादी संस्कार हराउँदै गएको छ । अहिले हाकिम र कामदारहरु सँगै बसेर रक्सी पिउने साथी जस्ता बनेका छन् । जसले काममा समेत सकारात्मक प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ ।

यसले कार्यालयमा पनि हाकिमहरुको बदमाशी, शक्ति उत्पीडनको चिन्ता र कर्मचारीहरुको शारीरिक शोषणको कुरा नै आउन छाडेको छ । क्योटो विश्वविद्यालयका समाजशास्त्र विषयका प्राध्यापक कुमिको नेमोटो भन्छन् कहिलेकाहीँ मानिसहरु पार्टीमा जानको लागि दिक्क मान्ने गर्छन् । तर, त्यसलाई पहिले कर्पाेरेट संस्कृतिको रुपमा मानेर सामान्य रुपमा लिने गरिन्थ्यो । तर, हिजोआज त्यही संस्कारलाई शक्ति उत्पीडनको रुपमा लिएर फरक कोणले हेर्ने गरेका छन् ।

रोजगारदाताहरुले कामदारलाई गर्ने शक्तिको उत्पीडन रोक्नको लागि जापान सरकारले नयाँ नियम बनाउने तयारी गरिरहेको छ । यो नियमसँगै तोकिएकोभन्दा धेरै काम गराउने, कार्यस्थलमा हुने उत्पीडनको घटना र बढी कामको कारण नै कामदारले ज्यान गुमाउनु पर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास गरिएको छ ।

अहिले पनि केही व्यवस्थापकहरु कामपछि कामदारलाई आफू सहभागी भएको पार्टीमा आमन्त्रित गर्नको लागि हिच्किचाउने गर्छन् । कितामुरा भन्छन् विगत तीन वर्षमा माहोल बदलिएको छ । मालिकहरु स्पष्ट छन् कि पार्टीमा आएपछि मदिरा नै पिउनै पर्छ भन्ने अनिवार्य छैन । तर, उनीहरु पार्टीमा सहभागी भने हुन्छन् । पहिले पहिले त धेरै मानिसहरु मदिरालाई नै बढी दबाब दिन्थे । तर, अहिले सम्भावित स्वास्थ्य समस्यालाई केन्दि्रत गरेर उनीहरु मदिरालाई अनिवार्य गर्दैनन् ।

कामदारहरु नै सचेत

उनीहरुकै समूहमा ४७ वर्षीय टाट्स कात्सुकी पनि रहेका छन् । जापानी ट्रेडिंग हाउसका प्रबन्धक कात्सुकी स्वीकार्छन् कि उनी कम्पनीको दबाब र कडा नीतिका कारण धेरै समय बाहिर गएर रक्सी पिउन पाएनन् । उनी भन्छन् “मानिसहरु सबै प्रकारका उत्पीडनहरुबाट चिन्तित हुन पुग्छन् । जस्तो, शक्ति उत्पीडन, यौन उत्पीडन या अरु केही ।

यो उत्पीडन सम्बन्धी जागरुकता पछिल्ला केही वर्षमा धेरै बढेको छ । अहिले कामदारहरु नै यस्तो तुच्छ गतिविधिबिरुद्ध उग्र हुन थालिसकेका छन् । त्यसैले पनि पुरानो व्यवहारले अहिले काम गर्न छाडेको छ ।

अहिले कामदारहरुले गोप्य रुपमा आफ्नो हाकिमको बिरुद्ध सम्बन्धित निकायमा उजुरी गर्नसक्ने व्यवस्था तीब्र हुँदै आएको छ । जसले कामदारहरु जागरुक र हाकिमहरु सचेत हुने गरेका छन् । कात्सुकीले दुई दशकअघि आˆनो क्यारियरको सुरुआत गरेका हुन् । त्यतिबेलाको समय स्मरण गर्दै उनी भन्छन् त्यतिबेला फरक मानसिकता थियो । उनीहरु टोकियो हुँदा साथीहरूसँग हप्तामा चार पटक पिउन बाहिर जान्थे ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment