Comments Add Comment

‘आमा’का आँखा रसाउने ट्रेलर, मिथिला र सुरक्षाको मन छुने अभिनय

अस्पतालमा मस्तिष्कमा रगत जमेर अचेत अवस्थामा रहेका बाबु । श्रीमान्को अप्रेशनका लागि संघर्षरत श्रीमति । र विवाहित छोरी । फागुण ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’ यी तिन पात्रहरुको कथामा घुमेको छ । यो चलचित्रको आज ट्रेलर सार्वजनिक गरिएको छ ।

मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् । चलचित्र ‘आमा’को ट्रेलरमा शिर्ष भूमिकामा काम गरेकी कलाकार मिथिला शर्माको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहंम भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ ।

चलचित्र ‘पशुपति प्रसाद’पछि दर्शकले खोजेको चलचित्र बनाएको दाबी गर्दै आएका दीपेन्द्र के खनालले यसपटक आफ्नो दाबीलाई वास्तविकतामा बदलेका छन् भन्न सकिन्छ ।

नेपाली चलचित्रको इतिहास ‘आमा’सँग जोडिएको छ । पहिलो चलचित्र ‘आमा’ले नेपाली चलचित्रको इतिहास बोकेको छ । यो चलचित्रले त्यो इतिहासलाई अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment