Comments Add Comment

यो बर्ष सर्वाधिक कमाउने कलाकारमा अक्षय, सलमानदेखि साहरुखसम्म

यो बर्ष बलिउडका कलाकारको आम्दानी कती भयो होला ? हरेक बर्ष बलिउडका कलाकारको आम्दानी सार्वजनिक भैरहेको हुन्छ । ‘फोब्र्स इन्डिया’ले यो बर्ष सर्वाधिक कमाई गर्ने बलिउड कलाकारको आम्दानी सार्वजनिक गरेको छ ।

जसमा, सवैभन्दा अगाडि नायक अक्षय कुमार छन् । उनले, यो वर्ष २९३ करोड आम्दानी गरेका छन् । २० वटा ब्रान्डको प्रमोशन, ४ वटा चलचित्र रिलिजका कारण पनि उनको आम्दानी सर्वाधिक अगाडि देखिएको हो ।

यस्तै, नायक सलमान खानले यो बर्ष २२९ करोड कमाएका छन् । सलमानको यो बर्ष ‘भारत’ रिलिज भयो । यस्तै, उनले ‘बीग बोस’ र विज्ञापनबाट राम्रो रकम कमाए ।

नायक अमिताभ बच्चनले यो बर्ष २३९ करोड कमाएका छन् । नायक साहरुख खानको भने यो बर्ष कुनै पनि चलचित्र रिलिज भएन । विभिन्न विज्ञापनको प्रमोशनबाट मात्र उनले यो बर्ष १२४ करोड कमाएका छन् ।

यो सूचीमा नायक रणवीर सिंहको नाम पनि अगाडि छ । रणवीरले १२४ करोड कमाउँदा नायिका आलिया भट्टले ५९ करोड, दीपिका पादुकोणले ४८ करोड आम्दानी गरेका छन् । यस्तै, अजय देवगणे ९४ करोड, रजनीकान्तले १ सय करोड, आमिर खानले ८५ करोड, ऋतिक रोशनले ५८ करोड आम्दानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment