Comments Add Comment

डीएभी विद्यालयको वाषिर्कोत्सव समारोह

३ पुस, काठमाडौं । ललितपुर जाउलाखेलस्थित डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भव्यताको साथ विद्यालयको २७ औं वाषिर्कोत्सव मनाएको छ ।

कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथितिका रुपमा भारतीय राजदूताबासका डेप्युटी चिफ अफ मिसन डा. अजय कुमार उपस्थितथिए ।

नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्त्वहरूको समेत समारोहमा उपस्थित गरिएको थियो । विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थिहरुलाई वाषिर्क पुरस्कार मार्फत सम्मान गरियो ।

विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीहरुको लागि प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा प्रर्दशन गरिएको थियो । सांस्कृतिक कार्यक्रमका बर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रस्तुती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment