३ पुस, काठमाडौं । अष्ट्रेलियन फास्ट बलर प्याट कमिङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महाँगा विदेशी खेलाडी बनेका छन् ।
आईपीएलको नयाँ सिजनको भारतको कोलकतामा अक्सन भइरहेको छ । जसमा साहरुख खानको कोलकताले कमिङ्सलाई १५ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । कमिङ्स पूर्वक्लब कोलकताबाटै नयाँ सिजनको आईपीएल खेल्नेछन् ।
कोलकताले त्यसमा लागि दिल्ली क्यापिटल्सलाई पछि पारेको हो । यसअघि इंग्ल्याण्डका बेन स्टोक्स विदेशी खेलाडीमा सबैभन्दा महँगा थिए । उनलाई सन् २०१७ मा राइजिङ पुने सुपरजायन्ट्ले १४ करोड ५ लाखमा अनुबन्ध गरेको थियो ।
यस्तै कोलकताले पूर्व खेलाडी इओन मोर्गनलाई पनि अनुबन्ध गरेको छ ।
अर्का अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई भने किंग्स एलेभेन पञ्जावमै फर्किएका छन् । उनलाई पञ्जावले १० करोड ७५ लाखमा अनुबन्ध गरेको थियो ।
अष्ट्रेलियन लिमिटेड ओभरका कप्तान आरोन फिन्चलाई भने रोएल च्यालेन्जर्स बैंगलोरले ४ करोड ४० लाखमै अनुबन्ध गरेको छ । बैंगलोर दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसलाई १० करोडमा अनुबन्ध गरेको छ ।
यसैगरी मुम्बई इन्डियन्सले क्रिस लिनलाई २ करोडमा अनुबन्ध गर्दा चेन्नाई सुपर किंग्सले साम कुरानलाई ५ करोड ५० लाखमा अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4