Comments Add Comment

नत्र नेकपा ठूलो कांग्रेसमात्र बन्नेछ : प्रवक्ता श्रेष्ठ

३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताबारे बुझाई प्रष्ट नभए पार्टी ठूलो कांग्रेस मात्र बन्न सक्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रवक्ता श्रेष्ठले (तत्कालीन एमाले र माओवादीको) पार्टी एकतालाई कसरी लिने भन्ने प्रश्न गरे ।

समाजवादी क्रान्तिको नेतृत्व गर्दै मुलुकलाई समाजवादतर्फ लैजाने प्रक्रियाको वैधानिक रुपमा नेतृत्व गर्न, बैचारिक कार्यदिशासहित पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउन र सामाजिक न्याय सहितको सम्बृद्धि र समाजवाद स्थापना गर्न पार्टी एकता गरिएको हो भन्ने बुझाई सही भएको श्रेष्ठले बताए । होइन, बहुदलीय व्यवस्था छ । यसमा चुनाव हुन्छ र त्यो चुनाव जित्नुपर्छ भन्ने मात्र हो भने हामी ठूलो कांग्रेस मात्र हुनसक्छौं’ उनले बैठकमा भने ।

सरकार चलाउन संयन्त्र

नेता श्रेष्ठले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन मुलत सही भएको र यो पार्टी निर्माण र सामाजिक आर्थिक रुपान्तरणको प्रस्थानविन्दु बन्न सक्ने बताएका छन् । तर अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अंश पुरै पुनर्लेखन गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय राजनीतिको सन्दर्भमा प्रमुख प्रतिपक्षीका भूमिका र उग्रवामपन्थी शक्तिबारे प्रतिवेदनमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ । सीमाबारे उल्लेख गरिएको खण्डमा सरकारले पहिलो पटक लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपाली भूभाग हो भनेर भारतसामू राखेको पनि प्रतिवेदनमा समावेश गर्नुपर्ने बताए ।

उनले केन्द्रसँगै प्रदेश र स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । केन्द्र सरकारको दैनिक काम कारबाहीमा हस्तक्षेप गर्न नहुने तर मुख्य विषयहरुमा पार्टीको निर्णय तथा निर्देशनहरु लागू हुनेपर्ने उनले बताए । प्रदेश र स्थानीय सरकार सञ्चालनमा पार्टी कमिटीले भूमिका खेल्नुपर्ने भन्दै संयन्त्र र विज्ञहरुको टिम बनाउनुपर्नेमा जोड दिए ।

नेता श्रेष्ठले पार्टीले गम्भीर छलफल गर्नुेपर्ने भन्दै पाँचबुँदा समेत स्थायी कमिटीमा राखेका छन् । नेपालको राज्यसत्ता र समाजको चित्रण, लोकतन्त्रको मोडल, कस्तो सम्बृद्धि, समावादको मोडल र पार्टी कस्तो भन्नेबारे गम्भीर बहस गर्नुपर्ने उनले बताएको एक स्थायी कमिटी सदस्यले बताए । यसअघि नेता धनश्याम भुसालले पनि कम्युनिस्ट पार्टीको आजको कार्यभार वा यस्तै शीर्षकमा ५/७ दिनको कार्यशाला राख्न प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment