Comments Add Comment

बंगलादेश जुनियर इन्टरनेशनल ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई दोहोरो सफलता

३ पुस, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले बंगलादेश जुनियर इन्टरनेशनल सिरिजमा दोहोरो सफलता हात पारेका छन् । बिहीबार प्रिन्सले पुरुष एकल र पुरुष युगलमा प्रिक्वार्टरफाइनलमा जित हात पारेका हुन् ।

पुरुष एकलमा प्रिन्सले मलेसियामा चोङ इ ज्याकलाई २१(९,२१(८ ले सहजै पराजित गरे । प्रिन्स यस जितपछि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै प्रिन्स र देव रानाको जोडीले पुरुष युगलमा बंगलादेशका रहमान धाली र जायद बिन जोन्यालको जोडीलाई २१(१०, २१(१५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

पुरुष एकलमा भने देव राना भारतीय खेलाडी घाना हर्ष जेट्टीसंग पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिए ।

महिला एकलमा नेपालकी रसिला महर्जन भारतीय खेलाडी अध्या पारासरसंग पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment