Comments Add Comment

नायिका बन्न अडिसन दिएकी अन्जली फिल्मी गीतमा जम्दै

अन्जली अधिकारीले केही महिना अगाडि चलचित्र ‘प्रेमगीत ३’का लागि अडिसन दिइन् । उनी, यो चलचित्रको मुख्य नायिका बन्न चाहन्थिन् । यसैले, उनले चलचित्रका लागि अडिसन दिएकी हुन् ।

तर, उनी अडिसनबाट सफल भने भइनन् । अन्जली विशेषगरि, लोकगीतमा बढी जमेकी छिन् । लोकगीतको मोडलिङमा उनको चर्चा राम्रै छ । ‘गलबन्दी’ बोलको गीतमा मोडलिङ गरेपछि उनी दर्शकको नजरमा अझै परिन् ।

उनै, अन्जली अहिले चलचित्रको गीतमा जमिरहेकी छिन् । उनले, केही चलचित्रको एउटा गीतमा मात्र कम्मर मर्काएकी छिन् । अन्जलीले चलचित्र ‘प्रसाद’मा समावेश ‘बनकी चरी’ बोलको गीतमा नृत्य गरिन् । यसपछि, उनलाई एकपछि अर्को चलचित्रको गीतमा नृत्य गर्नका लागि अफर आइरहेको छ ।

उनले, नृत्य गरेको चलचित्र ‘सेन्टी भाइरस’मा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीतको भिडियोमा उनले आकर्षक नृत्य गरेकी छिन् । तर, उनले आफूलाई मेन्टेन गर्न नसक्दा आलोचनाको शिकार पनि हुनुपरेको छ ।

अन्जलीले चलचित्र ‘माया पिरिम’को गीतमा पनि नृत्य गरिसकेकी छिन् । यस्तै, केही हप्ता अगाडि रिलिज भएको चलचित्र ‘मिस्टर नेपाली’को एक गीतमा पनि उनको नृत्य हेर्न सकिन्छ ।

यसरी हेर्दा, अन्जलीलाई चलचित्र निर्माताले गीतमा मात्र नृत्य गर्नका लागि अफर गरिरहेका छन् । तर, यसले उनको नायिका भन्ने सोचमा भने असर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment