+
+
Shares

कांग्रेस बैठक १० गते मात्र बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १३:३८

४ पुस, काठमाडौं । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो ।

१४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ ।

२०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन संस्थापन पक्ष सकारात्मक भएपनि विभागहरु गठन र नेवि संघ र तरुण दलबारे पनि दुई समूहबीच सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?