+
+
Shares

‘बालिका बलात्कारपछि हत्याको घटनामा ‘कोपिला’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १६:०९

गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा बनेको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

एक बालिकाको बलात्कारपछिको हत्या र त्यसपछि उत्पन्न भएको परिस्थितीको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माण निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाक्रमसँग जोडिएको छ ।

चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जिवनी खरेल लगायतका कलाकारको अभिनय छ । रामेश्वर कार्कीको छायांकन, बन्दे प्रसादको सम्पादन, दीपक शमौको संगीत यो चलचित्रमा छ ।

चलचित्र ‘कोपिला’को ट्रेलरले एक सामान्य परिवारमा दुःखद घटना घट्दा न्यायका लागि गर्नुपर्ने संघर्ष, परिवारले भोगेका पीडा र सो पीडामाथि खेल खेल्न कुन–कुन तत्व लाग्छन् भन्ने पनि देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?