Comments Add Comment

महान् विचारकका मननीय भनाई, जसले हाम्रो सोच्ने शैली बदल्छ

विभिन्न कालखण्डमा भिन्न-भिन्नै विचारक, दार्शनिक, चिन्तकले व्यक्त गरेका मननीय भनाईहरु यहाँ प्रस्तुत गरिएको छ, जसले हाम्रो सोंच र शैली बदल्न सक्छ । जीवनका लागि उत्साह, उमंग, उर्जा मिल्नसक्छ ।

श्रेष्ठ हुनु कुनै कार्य होइन, यो केवल हाम्रो एउटा बानी मात्र हो । जसलाई हामी बारम्बार गर्छौ ।

-अरस्तु

भेट्दा मित्रलाई आदर गर । पछाडि उसको प्रशंसा गर र आवश्यकता पर्दा उसलाई सहयोग गर ।

-नीति कथा

सबै गलत कार्य मनबाट उत्पन्न हुन्छ । यदि मन परिवर्तित भयो भने गलत कुरा उत्पन्न हुनसक्छ ।

-गौतम बुद्ध

मित्रहरुको छनोट सावधानीपूवर्क गर्नुपर्छ । किनभने हाम्रो व्यक्तित्वको झलक ती मित्रहरुसँग पनि मिल्न सक्छ । जसको सँगतबाट हामी टाढा रहन्छौ ।

-नीति कथा

अभिव्यक्तिको कुशल शक्ति नै कला हो ।

-मैथिलीशरण गुप्त

म हरेक पाइलामा हारेको छु । तर, म जन्मेको केवल जीतको लागि हो ।

-एमर्सन

म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।

-अज्ञात

जबसम्म तपाईं स्वयंलाई विश्वास गर्नुहुन्न । परमात्मामा विश्वास गर्न सक्नुहुन्न ।

-विवेकानन्द

यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं ।

-अज्ञात

फलाम तातो हुने प्रतीक्षा नगर । बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाऊ । अर्थात् समयको प्रतीक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने कोसिस गर ।

-विलियम बी स्प्रेग

कसैलाई आफ्नो बनाउनका लागि हाम्रो सम्पूर्ण खुबीहरु पनि कम पर्छ । तर, कसैलाई गुमाउनका लागि एउटा कमी नै काफी हुन्छ ।

-अज्ञात

कलाले प्रकृतिलाई सहायता गर्छ र अनुभवले कलालाई ।

-टामस फुलर

पिताको सेवा अथवा उनको आज्ञाको पालना गर्नुभन्दा ठूलो अरु कुनै धर्माचरण हुँदैन ।

-वाल्मीकि

हामी आफ्ना आमा-बुवालाई छान्न सक्दैनौं । तर, हामी आमा-बुबाको चयन हुन सक्छौं ।

-अज्ञात

सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नुपर्छ । जस्तो तपाईंले संसारलाई हेर्न चाहनु भएको छ ।

-महात्मा गाधी

तपाईं जीवनमा जे चाहनुहुन्छ । त्यो प्राप्त गर्न सक्नुहुन्छ । मात्र तपाईंले अरुलाई सहयोग गर्न सुरु गर्नुपर्छ ।

-जिग जिगलर

कुनै पनि व्यक्तिले तिमिलाई तिम्रो सहमति बिना हिनताको अनुभव गराउन सक्दैन ।

-एना एलेना रुजबेल्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment