+
+
Shares

अपराधको बलमा राजनीति गर्न खोज्ने प्रवृत्ति गलत : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १७:५५

४ पुस, बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अपराधका बलमा राजनीति गर्न खोज्नेबाट दुर्गा र बसन्तको हत्या भएको दाबी गरेका छन् ।

रुपन्देहीको देवदहमा ३ वर्ष अघि हत्या गरिएका तत्कालिन नेकपा एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको तेस्रो स्मृती सभामा बोल्दै मन्त्री भुसालले राजनीतिलाई अपराधको बलमा टिकाउन खोज्ने प्रवृती गलत भएको बताए ।

‘असल काम गर्ने सबैभन्दा राम्रो ठाउँ राजनीति हो, तर यो ठाउँ नै दुषित बनाइयो,’ उनले भने, ‘हाम्रो समाजको वरिपरी यस्तो प्रवृत्ति छ, जसको कारण दुर्गा तिवारी र बसन्त पौडेल (बलु) जस्ता व्यक्ति मारिएका हुन् ।’

असल काम गर्ने सबैभन्दा राम्रो ठाउँ राजनीति भएपनि यो ठाउँ नै दुषित बनेका कारण समाजमा समस्या आएको उनको भनाइ छ ।

नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले भने, ‘राम्रो राष्ट्र चाहिन्छ भने राम्रो राजनीतिक पार्टी चाहिन्छ, त्यसको अर्थ मेरो पार्टीलाई समर्थन गर्नुस् भनेको होइन, आफ्नो पार्टीलाई राम्रो बनाउनुस् ।’

सभामा बोल्दै प्रदेश नं ५ सदस्य डा. कृष्ण न्यौपानेले दुर्गा तिवारी र बसन्त पौडेलको हत्या आपराधिक गिरोहले कायरता पूर्वक गरेको बताए ।

सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराईले दुर्गा तिवारीको हत्या भएको ३ वर्ष भैसक्दा पनि देवदहबासी त्रासमै बाँच्नुपरेको बताए ।  उनले  दुर्गाको स्मरणमा बिभिन्न समाजिक कार्यक्रम गर्ने बताए ।

स्व. दुर्गा तिवारीका दाजु चक्रपाणि तिवारीले दुर्गाको हत्याको नाइके भनिएको मनोज पुन मारिए पनि उसका सहयोगी र उसलाई प्रयोग गर्ने व्यक्तिहरु अझै पक्राउ पर्न नसक्नु दु:खद् भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?