Comments Add Comment

नेपालमा शुरु भयो आर्किटेक्ट सम्मेलन, भ्रमण वर्ष प्रवर्द्धन गर्ने

४ पुस, काठमाडौं । नेपालमा आर्किटेक्ट सम्मेलन शुरु भएको छ । शुक्रबारदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा सिंगापुर, इण्डोनेसिया, साउथ कोरिया, बंगलादेश, मलेसिया, फिलिपिन्सलगायत १० मुलुकका प्रतिनिधि सहहभागी छन् ।

सम्मेलन उद्घाटन गर्दै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालमा छुट्टै आर्किटेक्चर काउन्सिलको आवश्यकता रहेको बताए । इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेकचर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको उनको भनाइ थियो ।

सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) ले आयोजना गरेको सम्मेलनमा पर्यटन र निर्माण क्षेत्रमा क्रियाशील करीव ४ सय जना सहभागी रहेको सोनाका महासचिव सुरज खनालले जानकारी दिए । उनका अनुसार भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना भएको यो सम्मेलन भ्रमण वर्षको प्रवद्र्धनका लागि महत्वपूर्ण सावित हुने अपेक्षा लिइएको छ ।

सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रशस्त गर्न छुट्टा छुट्टै छलफल गरिँदैछ । कम लागतमा संरचनाहरु दिगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहन्छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।

सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतिको पहिचान गरी आगामी दिनमा थप कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्मेलनमा सहभागि हुन विभिन्न मुलुकबाट नेपाल आएका सहभागीलाई आफ्नो मुलुकमा पर्यटन वर्ष २०२० बारे सूचना पुर्‍याइदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment