Comments Add Comment

पूर्वखेलाडी मिकेल अर्टेटा बने आर्सनलका प्रशिक्षक

४ पुस, काठमाडौं । मिकेल अर्टेटा लण्डन क्लब आर्सनलको मुख्य प्रशिक्षक बनेका छन् । क्लबका पूर्वमिडफिल्डरलाई लण्डन क्लबले साढे ३ वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । अर्टेटा यसअघि प्रिमियर लिगकै अर्को क्लब म्यानचेष्टर सिटीका सहायक प्रशिक्षक थिए ।

३७ वर्षीय अर्टेटाले आर्सनलमा खेलाडीको रुपमा पाँच वर्ष बिताउँदा दुई पटक एफए कपको उपाधि जिताएका थिए ।

अब उनले गत नोभेम्बरमा बर्खास्तमा परेका उनाई एमरीको स्थान लिनेछन् । अर्टेटाले २०१६ मा खेलाडीको रुपमा सन्यास लिएपछि पेप गोर्डिओलाको सहायकका रुपमा सिटीमा काम गरिरहका थिए ।

हाल आर्सनलको अन्तरिम प्रशिक्षक रहेका फ्रेडी लजुङवर्गबाट अर्टेटाले जिम्मेवारी लिनेछन् । अर्टेटाको पहिलो खेल शनिबार एभरटनसंग हुनेछ । आर्सनल प्रिमियर लिगमा २२ अंकसहित दशौँ स्थानमा छ ।

सन् २०११ देखि २०१६ सम्म आर्सनलमा १५० खेल खेल्दा अर्टेटाले १६ गोल गरेका थिए ।

विश्वकै ठूलो क्लबमध्ये एक आर्सनलमा प्रशिक्षकको रुपमा अनुबन्ध भएपछि अर्टेटाले यो आफ्नो लागि ठूलो सम्मान भएको बताएका छन् । ‘यो ठूलो सम्मान हो । आर्सनल विश्वकै ठूला क्लबमध्ये एक हो’ अर्टेटाले भने ‘हामीले ठूला ट्रफीका लागि खेल्नु आवश्यक छ ।’

उनले क्लब मालिक स्टान र जोस क्रोएन् तथा क्लबका सिनियर खेलाडीसंगको छलफलमा त्यसबारे स्पष्ट कुरा भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment