+
+
Shares

१५ हजार घुससहित सई पंजियार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १५:३४

५ पुस, जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो ।

मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थपव अनुसन्धान भइरहेको अतियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?