Comments Add Comment

लेस्टरविरुद्ध म्यानचेष्टर सिटीको पुनरागमन जित

६ पुस, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पुनरागमन जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले एक गोलले पछि परे पनि पुनरागमन गर्दै लेस्टरलाई ३–१ ले हरायो ।

घरेलु मैदानमा सिटी २२ औं मिनेटमा पछि परेको थियो । जेमी भार्डीले गोल गर्दै लेस्टरलाई पहिले अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा रियाद महारेजले सिटीका लागि बराबरी गोल फर्काए ।

एकाए गुन्डागोनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले पहिलो हाफमै २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटील गोल थप्यो । ६९औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसलाई कायम राखदै सिटीले जित हात पार्यो र ३ अंक थप्यो ।

जितपछि सिटीले १८ खेलबाट ३८ अंक जोडेको छ भने पराजयका बाबजुद पनि लेस्टरको ३९ अंक छ । शीर्ष स्थानको लिभरपुलभन्दा सिटी अझै ११ अंकले पछि छ ।

१७ खेलबाट ४९ अंक रहेको लिभरपुल शीर्ष स्थानमा आसीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment