+
+
Shares

एनआईसी एशिया बैंकको आईभीआर सेवा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १७:५७

६ पुस, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले आईभीआर (इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स) सेवा सञ्चालनमा ल्याएको छ। यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ।

ग्राहकवर्गल आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सकिनेछ। आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ। दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिनेछ।

ग्राहकले एसमएसद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ। सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ। एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ। दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ। ग्राहकले फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।

आईभीआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहकको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिनेछ।

आईभीआर सेवाको प्रयोगबाट ग्राहक महानुभावहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नुहुनेछ जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सकिनेछ। यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?