Comments Add Comment

लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वाषिर्क साधारणसभा

६ पुस, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ८१ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथासोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

आ.व. २०७५/७६मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु १०६अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब५९ करोडखुद मुनाफा आर्जन गर्न सफलभएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment