+
+
Shares

अपहरित गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १९:०२

६ पुस, काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् ।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको अनलाइनखबरलाई बताए ।

यद्यपि, घटनामा कसैलाई पक्राउ गरिए/नगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।

केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?