+
+
Shares

धनगढी जेसिजको अध्यक्षमा श्याम पाठक

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते २०:०२

६ पुस, कैलाली । धनगढी जेसिजको अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन् । धनगढी जेसिजको ३७ औं शाखा अधिवेशनबाट पाठक अध्यक्षमा निर्वाचित भएका हुन् ।

वर्ष २०२० को नेतृत्व चयनका लागि भएको निर्वाचनमा पाठक ७८ मत सहित अध्यक्ष पदमा निर्वाचित हुँदा उनका प्रतिद्धन्दी कमल पनेरुले ५३ मत ल्याएका थिए ।

कार्यकारी उपाध्यक्षमा रोशन भट्ट र सत्यराज जोशी निर्वाचित भए । यसैगरी उपाध्यक्षमा तर्कराज भट्ट, आशिष शाह, मनिष कुँवर र दीप रावत विजयी भए । उपाध्यक्षमा निर्वाचित कुँवर बाहेक सबै पाठक प्यानलका हुन् ।

एक सय ३१ सदस्य रहेको धनगढी जेसिजको अधिवेशनमा एक सय ३० जनाले मतदान गरेका थिए ।

नयाँ नेतृत्व चयन भए लगत्तै शनिबार राति बसेको धनगढी जेसिजको बैठकले चार जना मनोनित गरेको छ ।

बैठकले कानूनी सल्लाहकारमा शुभ ठाकुर, महासचिवमा कलेन्द्र शाही, कोषाध्यक्षमा बिनोद थापा र तालिम संयोजकमा सुरज गिरीलाई मनोनित गरेको अध्यक्ष पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?