+

रियल मड्रिडको अर्को बराबरी, बार्सिलोनालाई फाइदा

२०७६ पुष  ७ गते ८:१३ २०७६ पुष ७ गते ८:१३
रियल मड्रिडको अर्को बराबरी, बार्सिलोनालाई फाइदा

७ पुस, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग बराबरी खेलेको छ ।

चार दिनअघि एल क्लासिकोमा बार्सिलोनासँग बराबरी खेलेको रियल विल्वाओसँग पनि गोलरहीत बराबरीमा रोकिएको हो ।

यससँगै रियलले बार्सिलोना समान अंक जोड्दै वर्षको अन्त्य गर्ने मौका गुमायो । सन् २००६ यता रियलले पहिलो पटक लगातार दुई खेल गोलरहित बराबरी खेलेको हो ।

१८ खेलबाट रियलले ३७ अंक जोडेको छ । रियल बराबरी हुँदा शीर्ष स्थानको बार्सिलोनालाई फायदा पुगेको छ । समान खेलबाट ३९ अंक जोडेको बार्सिलोनाले २ अंक अगाडि रहेर वर्ष २०१९ अन्त्य गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय