Comments Add Comment

निर्माताको आरोप–‘छ माया छपक्कै’लाई नेपाली भएकै कारण कम शोज दिइयो’

शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘दबंग ३’ले नेपालका मल्टिप्लेक्स कब्जा नै गर्यो । लामो समयदेखि हलमा चलचित्र नभएका कारण यो चलचित्रले मल्टिप्लेक्समा कब्जा जमाएको थियो । यो शोजलाई क्यूएफएक्स चेनले देशभर ८८ शो दिएको थियो । शुक्रबार र शनिबार राम्रै कमाई गरेको यो चलचित्र आइतबारदेखि भने कमजोर वर्ड अफ माउथको चपेटामा परेको छ । आइतबारदेखि नेपाली हलमा दर्शकको संख्या कमजोर छ ।

‘दबंग ३’लाई हल संचालकले उल्लेख्य शोज दिएपछि चलचित्र ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले भने हलवालाहरुमाथि आक्रोश पोखेका छन् । उनले नेपाली चलचित्र भएकै कारण आफ्नो चलचित्रले कम शोज पाएको लेखेका छन् । विशेषगरि, ‘छ माया छपक्कै’ले क्यूएफएक्स चेनमै कम शोज पाएको थियो ।

उनी लेख्छन्–‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नु भयो । यो दबंग भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली चलचित्र चलचित्र छक्का पन्जा सिरिजहरु चलेका थिए । तर, शोज चाही ४–५ गुणा कम थियो । नेपाली चलचित्र भएकै कारण कम दिइएको थियो ।’

रोहितको कुरामा समर्थन गर्दै चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले लेखेका छन्–‘सत्य कुरा । सही हो । देशै उताबाट चल्या छ । हलको के कुरा, निर्माताहरु हलवालासँग डराउँछन्, हलवाला वितरकसँग् डराउँछन् । वितरक उताको खान्छन् अनी यता कराउँछन् ।’

नेपाली चलचित्रलाई केही हल संचालकले पाखा र विदेशीलाई काखा गर्दै आएको उदाहरण यसअघि पनि थुप्र्रै पटक नदेखिएको भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment