Comments Add Comment

गुण्डागर्दीमा संलग्न २ जना अभियुक्त पक्राउ

७ पुस, काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका-१३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई र काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल रहेका छन् । राईलाई शुक्रवार साँझ र धिताललाई शनिबार दिउँसो पक्राउ परेका हुन् ।

काठमाडौ उपत्यकामा सर्वसाधारण तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग गरी दु:ख दिने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की दिई त्रास पैदा गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment