Comments Add Comment

साविकको विजेता पोखरा समूह चरणबाटै बाहिरियो

पोखरा । साविकको विजेता पोखरा पल्टन नमस्ते पोखरा पि्रमियर लिग (पीपीएल) को समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार धनगढी ब्लूजसँग ५ विकेटले हारेसँगै पोखरा बाहिरिएको हो । उसले यो सिजन एक मात्र खेल जित्यो भने चार हार व्यहोर्‍यो । जितसँगै चार अंक जोडेको धनगढीको भने गणतीय सम्भावना कायमै छ ।

कप्तान शरद भेषावकरले टस जितेर पहिले ब्याटिङ रोजेका थिए, तर पोखराका ब्याट्सम्यानहरुले कप्तानको सो निर्णयलाई सही सावित गर्न सकेनन् । सुरुदेखि लगातार विकेट गुमाउँदै गएको पोखरा ७९ रनको झिनो स्कोरमा समेटियो । पोखराका लागि आशिफ शेखले २९ बलमा ३२ रन र विनोद भण्डारीले १५ रनमा १२ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पछिल्लो तीन खेल हारेको पोखरालाई इलिमिनेटरको सम्भावना कायम राख्न यो खेलमा २०० भन्दा ठूलो स्कोर बनाउनुपर्ने थियो । त्यही लक्ष्य लिएर गएको तर ब्याटिङ लाइनअप छिटो कोल्याप्स भएको कप्तान शरदले बताए ।

धनगढीका अनिल खरेलले ४ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । यस्तै दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले २-२ विकेट लिए ।

८० रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले पाँच विकेट गुमायो । भारतीय ओपनर दीपक पुनियाले सर्वाधिक २५ रन हाने । अट्याकिङ मुडमा देखिएका दीपेन्द्र सिंह ऐरी सस्तैमा आउट भए ।

पोखराका प्रथमेस डेक र सर्वजित लड्डाले दुई-दुई विकेट लिए भने एक विकेट ललित सिंह राजवंशीको नाममा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment