+
+
Shares

गोरखामा जनप्रतिनिधिकै गाडीमा नियमविपरीत कालो सीसा

विकास मरहट्टा विकास मरहट्टा
२०७६ पुष ७ गते १७:०७

७ पुस, गोरखा । हिजोआज गोरखामा चल्ने धेरै गाडीमा कालो सीसा लगाएको देखिन्छ । गाडीमा कालो सीसा प्रयोग गर्नेमा जनप्रतिनिधि र पहुँचवाला नै रहेका छन् ।

नेपालमा विना अनुमति गाडीको कुनै पाटपूर्जा, स्वरुपलगायतको परिवर्तन गर्न नमिल्ने भए पनि आफूखुशी कालो सीसा प्रयोग गर्ने प्रचलन बढेको छ ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त चढ्ने सरकारी गाडीमा कालो सीसा राखिएको छ । मेयर पन्त केही प्रतिशत कालो राख्न पाउने दावी गर्छन् । तर यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनाल गृह मन्त्रालयको स्वीकृतिविना कालो सीसा प्रयोग गर्नै नपाउने बताउँछन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ (१) अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ र स्वरुप परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न पाउँदैन । बस्नेत भन्छन् ‘कालो सीसा प्रयोगका लागि गृहमन्त्रालयको स्वीकृति लिनैपर्छ, आफूखुशी राखेमा कारवाही हुन्छ ।’

आफ्नो निजी गाडीमा कालो सीसा प्रयोग गरेका शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले आफूले मन्त्रालयसँग अनुमति नलिएको स्वीकार गर्छन् । ‘आजभोलि सबैले हाल्छन् त्यही भएर मैले पनि हालेको हुँ,’ उनले भने ।

जनप्रतिनिधिले नै नियम विपरीत कालो सीसा राखेपछि त्यसको देखासिकी गर्नेको संख्या बढेको छ । जिल्लाका धेरै निजी गाडी र केही भाडाका गाडीमा समेत कालो सीसाको प्रयोग भएको छ । यी गाडीहरु दिनहुँ ट्राफिक प्रहरीकै अगाडिबाट हुइँकिरहेका हुन्छन् ।

सर्वसाधारणलाई सामान्य गल्तीमा पनि कारवाही हुने गरे पनि ट्राफिक प्रहरीले नियम विपरीत कालो सीसा प्रयोग गर्नेलाई कारवाही गर्न सकेको छैन ।

‘कालो सीसा प्रयोग भएको पाइएमा हामी कारवाही गर्छाै, केही भाडाका ट्याक्सीलाई कारवाही पनि गरिसकेका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज सुकबहादुर बिकले भने । भाडाका ट्याक्सीमा भन्दा निजी कारमा कालो सीसा बढी मात्रामा प्रयोग भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?