Comments Add Comment

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

७ पुस, काठमाडौं । नेपालकी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएको पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन् ।

गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ । २०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन् । २०१५ को भूकम्पमा उनको स्कुल भत्किए पनि उनले पुनर्निर्माण गरिन् ।

पुष्पाले अभिभावक जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन भूमिका बनाएको बताइन् । ‘उनको लक्ष्यमा उनको समर्पणले हामी सबैलाई मूल्य र मान्यताको जीवन जिउन उत्प्रेरित गर्नेछ’ गोलकास्टले भनेको छ ।

गोलकास्टले दशकको प्रेरणादायी व्यक्तिको सूचीको १७ औं नम्बरमा सुर्खेतमा बालगृह सञ्चालन गर्ने म्यागी डोयन पनि परेकी छन् । उनले पनि सीएनन हिरोको अवार्ड जितेकी थिइन् ।

यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment