+
+
Shares

सनफ्लावर तेल खाने पाटनकी सुनितालाई हिराको नेकलेस उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १०:०८

८ पुस, काठमाडौं । सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजना अन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत पाटन निवासी सुनिता लामाले हिराको नेकलेस जितेकी छन्।

उक्त योजनाको तेस्रो लक्की ड्र अन्तर्गत सुनिता लामाले हिराको नेकलेस जितेकी हुन्।

यस योजना अन्तर्गत नै हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ।

सोही क्रममा पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् भने पाल्पाका कमल नेपालले हिराको लकेट जितेको कम्पनीले जनाएको छ।

यस्तै राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन्।

सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको तेस्रो लक्की ड्र विजेताहरुको नाम मंसिर ३० गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

उक्त योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्ने कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?