Comments Add Comment

चिनियाँ नागरिकले भरिए हिरासत

अभद्र व्यवहारमा म्याद थप्ने तयारी

८ पुस, काठमाडौं । काठमाडौंका प्रहरी हिरासतहरू चिनियाँ नागरिकले भरिएका छन् । एउटा प्रहरी इकाइको हिरासतमा अभियुक्त नअटाएपछि उपत्यकाका विभिन्न कार्यालयमा राखिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी मातहतका विभिन्न इकाईको समन्वयमा सोमबार भएको अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए

पक्राउ परेकामध्ये ८४ जनामाथि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान र अभियोजन हुँदैछ । तर काठमाडौं प्रहरीको हिरासतमा पहिल्यै ८३ जना नेपाली अभियुक्त भएकाले ३४ जना चिनियाँ नागरिकमात्रै अटाए ।

काठमाडौं प्रहरीको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दका अनुसार अभियुक्त नअटेपछि सिंहदरबार, सोह्रखुट्टे, बालाजुलगायतका स्थानमा रहेका प्रहरी वृत्तमा पठाइएको छ । उनले अनलाइनखबरसँग भने, ‘अभियुक्त नअट्दा सुरक्षित साथ राखिदिनू भनेर अन्य प्रहरी कार्यालयमा पठाउने चलन छ ।’
यो पनि पढ्नुहोस नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठमा ११ र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा २७ जना चिनियाँ राखिएका छन् । नेपालमा बसेर चीनमा साइबर अपराध गरेको देखिएपछि चिनियाँ दूतावासकै सहकार्यमा प्रहरीले विदेशी नागरिकमाथि हालसम्मकै ठूलो अपरेसन चलाएको थियो ।

पक्राउ परेका सबै चिनियाँमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान थाल्ने प्रहरी तयारी छ । मंगलबारबाटै अनुवादक बोलाएर बयान लिन थाल्ने पनि तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment