Comments Add Comment

शाही सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

८ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यायपरिषदबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको ठाउँमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का सिफारिस भएका छन् ।

न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस हुने सदस्य पदमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता निरालाले मौका पाएका हुन् ।

मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ ।

वैदिकले कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएका थिए । तर न्यायपरिषदमै विवाद भएपछि उनी न्यायाधीश नियुक्त हुन सकेका छ्रैनन् । तर उनले राजीनामा दिएको ठाउँमा निरालाको सिफारिस भने भइसकेको छ ।

निराला ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । त्यसबेला मन्त्रिपरिषदको अध्यक्ष ज्ञानेन्द्र शाह आफैं थिए । त्यसअघिका महान्यायायधिवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि निरालालाई महान्यायाधिवक्ता बनाइएको थियो ।

ओझालाई पनि राजाको पालामा अस्थायी न्यायाधीश नियुक्त भएको भनी स्थायी गरिएन् । तर राजाकै पालाका महान्यायाधिवक्ता निराला भने न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सदस्यमा सिफारिस भएका छन् । यसले नेकपा वृत्तका वकिलहरूबीच खैलाबैला मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment