+
+
Shares

७२ वर्षीय वृद्ध हत्याको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १६:४६

८ पुस, गुल्मी । गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् । भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए ।

अनुसन्धानको क्रममा भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?