Comments Add Comment

जस्मिन पेन्ट्सको रजत जयन्ती महोत्सव

८ पुस, काठमाडौं । चितवनस्थित मनकामना ग्रुप अन्तर्गतको जस्मिन पेन्ट्सले आफ्नो २५ वर्षको ब्यवसायिक यात्रा पुरा गरेको अवसरमा सोल्टी क्राउनप्लाजामा रजत जयन्ती महोत्सब कार्यक्रम गरेको छ ।

२०५१ पौष ६ गतेका दिन भाडाको एउटा कोठाबाट परिवारका सदस्यहरुले सुरु गरेको ब्यवसाय, विभिन्न उतार-चढाव र संघर्षसँग जुद्धै २५ वर्षमा आधा दर्जन कम्पनीमा फैलिएर ४०० भन्दा बढी कर्मचारीसहित देशकै स्थापित ब्यवसायिक समूहको रुपमा उभिन सफल हुनु गर्वको विषय भएको कम्पनीको भनाइ छ ।

पूर्ण स्वदेशी लगानीमा संचालित जस्मिन पेन्ट्स प्रालि स्वदेशी पेन्ट्स कम्पनीहरु मध्ये अग्रिणी स्थानमा पर्ने कम्पनीको ठम्माइ रहेको जस्मिन पेन्ट्स प्रालिका प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्यालले बताए ।

“नेपाली मनको नेपाली रंग” को ध्वनीसँगै अघि बढेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तरराष्ट्रिय स्तरका नेपाल गुणस्तर चिन्ह प्राप्त उत्पादनहरु सहित नेपाली ग्राहकहरुको मन जित्न सफल भएको कम्पनी बताउँछ ।

कम्पनीले सामाजिक उत्तरदायित्वको आवश्कतालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आउँदा २०७२ सालमा मिसिका फाउन्डेसन स्थापना गरी पिछडिएका बालबालिकाको स्वस्थ र शिक्षामा काम गरिरहेको छ ।

कम्पनीले मिसिका फाउन्डेसनको  दश लाखको रुपैयाको अक्षय कोषलाई वृद्धि  गरी पन्ध्र लाख रुपैयाँको बनाई कोषबाट आउने ब्याजलाई फाउन्डेसनको उद्देश्यमा प्रयोग गर्छ ।

समाजसेवाका लागि अनवरत रुपमा काम गरिरहेका संघ-संस्थाहरुलाई सहयोग गर्ने क्रममा आदर्शगृह, चितवनको भवन निर्माणको लागिरु ३ लाख ११हजार, स्पईनाल हस्पिटल चितवनलाई रु ५ लाख, महाबिर पुनद्वारा संचालित राष्ट्रिय अनुसन्धान केन्द्र, काठमाडौँलाई रु २ लाख ५५ हजार, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न नेतृत्व गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई रु १० लाख बराबरको पेन्ट्स, मानब सेवा आश्रम, काठमाडौँलाई रू १ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ ।

चितवनका उदयमयी युवा ब्यवसायी उत्सव श्रेष्ठलाई सम्मानित गरेको छ। सडकपेटी सहयोगापेक्षी बेसहारा र अशक्तलाई उद्धार गर्दै मानवीय कार्य गर्दै आएको मानव सेवा आश्रमलाई सम्मान पनि गरेको छ ।

पाँच वटा विभिन्न विधामा उत्कृष्ट पाँच क्षमतावान कर्मचारीलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment