+
+
Shares

दर्शकलाई फुटबल टिमसँग विदेश भ्रमणको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १८:११

८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिगमा दर्शक तान्न उपहार योजना अघि सारेको छ ।

ए डिभिजन लिग २८ मंसिरबाट सुरु भएको छ । तर अपेक्षाकृत रुपमा दर्शक पाउन सकेको छैन ।

त्यसलाई लक्षित गर्दै एन्फाले प्रत्येक राउण्ड र लिग समाप्तीपछि दिइने दुई खाले उपहार योजना सार्वजनिक गरेको छ । जसअनुसार प्रत्येक राउण्डको समाप्तीमा २०० रुपैयाँको टिकट खरिद गर्ने २० जना दर्शकलाई आकर्षक उपहार र ५०० रुपैयाँको टिकट खरिद गर्ने ५ जनालाई राष्ट्रिय टिमको जर्सी प्रदान गर्नेछ । तेस्रोदेखि १३औं राउण्डमा पुग्दा २७५ दर्शक पुरस्कृत हुने एन्फाले जनाएको छ ।

यस्तै लिगको अन्त्यमा २०० रुपैयाँ र पाँच सय रुपैयाँको टिकट खरिद गर्ने दर्शकहरुबाट एकएक जनालाई राष्ट्रिय फुटबल टिमसँग विदेश भ्रमणको अवसर दिइने भएको छ ।

यस्तै २०० रुपैयाँको टिकट खरिद गर्ने १० जना र ५०० रुपैयाँको टिकट किन्ने १५ जनालाई विश्वकप छनोटमा नेपाल र अष्ट्रेलियाबीच हुने खेलमा भीआईपी प्याराफिटको टिकट दिइनेछ । साधारण प्याराफिटतर्फ ५०/५० जनालाई पनि यो खेलको टिकट दिइनेछ ।

यस्तो उपहार योजना चाइनिज ताइपेविरुद्ध हुने खेलमा पनि हुने एन्फाले जनाएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?