Comments Add Comment

खानेतेलको नमूना परीक्षणमा कडाइ

८ पुस, काठमडौं । खाने तेलमा हानिकारक रङ्ग मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबै तेलको नमूना परीक्षणमा कडाइ गरेको छ । मानव स्वस्थ्यमा प्रतिकुल असर पार्ने रङ्ग खाने तेलमा प्रयोग गरिएको पाइएपछि नयाँ तेल कम्पनीको दर्ता र नविकरण तथा पूर्व नमूना परीक्षणमा कडाइ गरिएको हो ।

तेलको गुणस्तर परीक्षण पास भएपछि मात्रै उद्योगले उत्पादन मान्यता पाउने व्यवस्था गरिएको विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले जानकारी दिए । गैर तेलजन्य वस्तुलाई तेल जस्तै देखाउन पी डिमेथिय लामिनो अजाबेन्जन नामक हानिकारक रङ्ग मिसाइएपछि सबै तेलको गुणस्तर परीक्षण थालिएको पनि उनले बताए ।

हालसम्म ५० भन्दा धेरै ब्राण्ड र कम्पनीको तेलमा मिसावटबारे गुणस्तर जाँच गरिसकिएको विभागले जनाएको छ । गत असोजमा विभागले गरेको आकस्मिक परीक्षणमा किसान र त्रिवेणी नामको तोरीको तेलमा अखाद्य रङ्ग मिसाइएको पुष्टि भएको थियो ।

विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यलाई प्रतिकुल असर हुन सक्ने अखाद्य रङ्ग मिसाइएको पुष्टि भएको थियो । उद्योग सिल गरेर विभागले ४ मंसिरमा जिल्ला अदालत ललितपुरमा उद्योग सञ्चालकलाई ५ वर्ष कैद र ५० हजार जरीवाना माग दाबी गर्दै मुद्धा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment