+
+
Shares

क्रिसमस लगायतका पर्व हाम्रा बहुमूल्य सम्पदा हुन्, यिनको संरक्षण गर्नुपर्छ : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते ९:२०

९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।

क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको स्मरण पनि गराएकी छन् ।

‘बहुमूल्य सम्पदाको रूपमा हाम्रा विभिन्न चाडपर्व र संस्कृति रहेका छन् । तिनको संरक्षण सबैको साझा दायित्व हो’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि बेग्लाबेग्लै विज्ञप्तिमार्फत् ईसाई धर्मावलम्बी नेपालीहरुमा क्रिसमस डेको शुभकामना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?