+
+

धर्म–संस्कृति मानौं, तर प्रलोभनमा पारेर परिवर्तन नगराऔं : उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते ९:१७

९ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् ।

क्रिश्चियन धर्मालम्बीमाथि पछिल्लो समय आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका हुन् ।

संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार दिएकाले त्यसको मर्मविपरीत उभिन नहुने उपराष्ट्र पुनको तर्क छ ।

‘संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ’, क्रिसमस डेका अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले भनेका छन्, ‘कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउने काम नगरौं ।’

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको पनि उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । यसले समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा हुनेगरी प्रगति पथमा अघि बढ्न ऊर्जा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?