Comments Add Comment

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

९ पुस, काठमाडौं । महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा बुधबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका-३ पाटुस्थित सडकमा ना.६ ख २६४५ नम्बरको ट्रकले ग.६ प १७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुली तीनपाटन गाउँपालिका-१० बस्ने २१ वर्षीय टेक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका-१० बस्ने २३ वर्षीय कुमार खातीलाई उपचारको लागि शुभस्वतिक अस्पताल बर्दिबासमा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक चालक फरार रहेको र उनको खोजी कार्यका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment