Comments Add Comment

साढे ८ हजार घुससहित पशुसेवा विभागका अधिकृत पक्राउ

९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार ५ सय रुपैयाँ घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पक्राउ गरेको छ ।

कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment