+
+
Shares

साढे ८ हजार घुससहित पशुसेवा विभागका अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १८:०७

९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार ५ सय रुपैयाँ घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पक्राउ गरेको छ ।

कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?