+
+

एमसीसी कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १९:५५

९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्ने बताएका छन् ।

बुधबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान दिनुले नेपालमा राजनीतिक स्थिरता र लगानीको वातावरण छ भन्ने सन्देश जाने अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गरे ।

‘यो सम्झौता कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ । अन्तर्राष्ट्रिय स्तरमा हाम्रो विश्वसनीयता गुम्नु राम्रो होइन’ उनले भने ।  एमसीसीका सन्दर्भमा राष्ट्रिय सहमति कायम रहेको पनि मन्त्री ज्ञवालीको दाबी छ ।

कांग्रेस नेतृत्वको सरकारले हस्ताक्षर गरेको र वर्तमान सरकारले अगाडि बढाएको भन्दै उनले ‘एमसीसीमा विरुद्धमा कसले के भन्यो ?’ भन्नेतिर नभई ‘सरकारले के सहमति गरेको छ’ भनेर हेर्न सांसदहरुलाई आग्रह गरे ।

‘मिडियाले गलत सूचना दिए’

परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यमले एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको भनेर गलत सूचना दिएको आरोप पनि लगाए ।

‘हाम्रो न्युज रिर्पोटिङ पनि एउटा–एउटा छ । एमसीसी र इन्डो प्यासिफिक नीति एउटै होइनन् भनेर अमेरिकी राजदूतले पटक–पटक भनिराख्नुभएको छ । तर, हामीलाई यस्तो भूत बनेर तर्साइरहेको छ कि नेपाल त नेपाल लतारियो लतारियो, घिसारियो घिसारियो भनेर’ समिति बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

ठूला राष्ट्रको विश्वव्यापी रणनीतिहरु हुने र कहाँ सतर्क हुनुपर्छ भन्ने सरकारलाई थाहा रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

आधिकारिक व्यक्तिले गरेको हस्ताक्षरलाई विश्वास नगरी बाहिरी हल्लामा लाग्नु बेकार रहेको उनले बताए । उनी भन्छन्, ‘सम्झौतामा मन्त्रीले गरेको हस्ताक्षरमा विश्वास नगर्ने बाहिर अरुले के–के भन्छन् त्यही पत्याउने, त्यो राम्रो भएन ।’

नेपालमा हरेक विकासका योजनाबारे सशंकित भएर अनावश्यक रुपमा बहस हुने गरेको भन्दै मन्त्री ज्ञवालील आक्रोशपूर्ण भावमा भने, ‘चीनले ल्याएको बीआरमा सम्झौता नहुँदै ऋणमा डुबिन्छ भनेर हल्ला पिटियो । भारतबाट तेलको पाइपलाइन ल्याउँदा परनिर्भरता बढ्छ भनेर हल्ला गरियो । एयरपोर्ट बनाउँदा रुख काटियो भनेर हल्ला गरियो । नेपालका लागि यो ‘अविकास’को ठूलो पासो हो । अनावश्यक बहसले दिग्भ्रमित मात्र गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?