+
+

रामकृष्णले लेखे : हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १९:५४

९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो ।

डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् ।

रामकृष्णले श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन्, ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’

अनलाइनखबरसँगको कुराकानीमा पनि रामकृष्णले आफूहरुको डिभोर्स भएको स्वीकार गरेनन् । यद्यपि, अदालतले यसलाई पुष्टि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?