Comments Add Comment

यी हुन् लगातार सय करोड कमाउने सलमानका १५ फिल्म

नायक सलमान खान अभिनित १५ वटा चलचित्रले लगातार सय करोड क्लबमा आफूलाई समावेश गराएका छन् । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दबंग ३’सँगै सलमानका १५ वटा चलचित्रले लगातार सय करोड क्लबमा आफूलाई उभ्याएका छन् ।

यो चलचित्रले मंगलबार सय करोड पार गरेको हो । तर, यो चलचित्रको बक्स अफिस उछाल भने कमजोर हो । चलचित्रले २ सय करोड भन्दा बढी कमाउने अपेक्षा गरिएको थियो, तर यो पुरा हुने संभावना अब छैन । सलमानको एक दशकमा रिलिज भएका १६ चलचित्र मध्ये १५ चलचित्रले सय करोड क्लबमा आफूलाई उभ्याएका छन् ।

जसमा, ‘दबंग’देखि ‘दबंग ३’ सम्म पर्छन् । ‘दबंग’को कमाई १४१ करोड थियो । यस्तै, ‘रेडी’को कमाई १२० करोड थियो भने बडिगार्डको कमाई १४४ करोड थियो ।

‘एक था टाइगर’ १८६ करोड, ‘दबंग २’ १४९ करोड, ‘जय हो’ १०९ करोड, ‘किक’ २११ करोड, ‘बजरंगी भाइजान’ ३१५ करोड, ‘प्रेम रतन धन पायो’ १९४ करोड, ‘सुल्तान’ ३ सय करोड, ‘ट्यूबलाइट’ ११४ करोड, ‘टाइगर जिन्दा हे’ ३३९ करोड, ‘रेस ३’ १६६ करोड, ‘भारत’ १९७ करोड कमाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment