Comments Add Comment

स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर ठीक हुँदैन : राज्यमन्त्री रावत

१० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रालयबाटै सुधारको काम गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर ठीक नहुने भन्दै राज्यमन्त्रि रावतले मन्त्रालयलाई स्वस्थ बनाउन सुरु भएको बताए ।

यसअघि मन्त्रालय विधि र थितिमा नचलेको इंकित गर्दै राज्यमन्त्री रावतले भने, ‘यहाँ पनि थुप्रै समस्या छन् । मन्त्रालय थितिले चलेको छैन । परिस्थिति बुझियो अब त्यही अनुसार काम गर्छौ ।’

अहिले मन्त्रालयमा कर्मचारी समयमा नआउने, दिउँसै घर जाने, कार्यालय पोशाक प्रयोग नगर्ने लगायत स्वास्थ्यकर्मी समायोजनकै समस्या रहेको उनले औंल्याए ।

बिहीबार कर्णालीका पत्रकारहरुको भेटका क्रममा राज्यमन्त्री राउतले सिटामोल नै नपाउने स्थितिमा सधैं कर्णालीलाई नराखिने बताए ।

पूर्वको इलाम, सुदूरपश्चिमको दार्चुला र कर्णालीको हुम्लामा समयमै सँगै औषधि पुर्याइने उनको भनाइ छ ।

बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पनि मन्त्रालय विधि र थितिले नचलेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment