Comments Add Comment

पुनर्निर्माण प्राधिकरणको ४ वर्षमा ८३ प्रतिशत घर निर्माण

१० पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ४ वर्ष पूरा गरी १२ पुसबाट पाचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्नलायक प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । उनका अनुसार निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माण प्राधिकरणबाट भइरहेको छ ।

प्राधिकरणका अनुसार, ४ वर्षको अवधीमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको छ । यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर बनिसकेका छन् । १ लाख ८९ हजार घर बनिरहेका छन् । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ ।

गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । बाँकी काम पूरा गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment